विमान दुर्घटनामा मृत्यु भएकाको शव टिचिङ अस्पतालमा (फोटोफिचर)
तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्याईएको छ ।काठमाडौं, जेठ १६ : तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्याईएको छ ।
हालसम्म २२ मध्ये २१ जनाको शव फेला परेको तीमध्ये १० जनाको शव आधार शिविरमा ल्याई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्याईएको हो ।
बाँकी ११ वटा शव प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको र उद्धार टोलीले एक जनाको शव खोजी गरिरहेको तारा एअरले बताएको छ ।
शवहरु काठमाडौं ल्याइसकेपछि त्रिवि शिक्षण अस्पताल पुर्याईएको हो । संकलित शवको पोस्टमार्टम गरिसकेपछि परिवारलाई बुझाइने जनाईएको छ ।
प्रकाशित मिति: १९:४९ बजे, सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार