Kathmandu Press

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले लिए शपथ 

महानगरका प्रमुख बालेन शाहले नेपाली र नेपाल दुबै भाषमा सपथ लिए । उनलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथ खुवाएका हुन् । उनले नेपाली भाषामा सपथ लिइसकेपछि नेपाल भाषामा पनि शपथ लिएका थिए। 
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले लिए शपथ 

काठमाडौं, जेठ १६ : काठमाडौं  महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा महानगरका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका हुन्।

महानगरका प्रमुख बालेन शाहले नेपाली र नेपाल दुबै भाषमा सपथ लिए । उनलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथ ग्रहण गराएका हुन्। उनले नेपाली भाषामा सपथ लिइसकेपछि नेपाल भाषामा पनि शपथ लिएका थिए। 

Hardik ivf

नवनिर्वाचित उपप्रमुख सुनिता डंगोलले भने नेपाल भाषमा सपथ लिएकी छन् । उनलाई महानगरप्रमुख बालेन शाहले सपथ ग्रहण गराए । उपप्रमुखको शपथ ग्रहणपछि बालेनले नवनिर्वाचित वडाध्यक्ष र वडा सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए।

शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यलगत्तै आजै जनप्रतिनिधिहरुले पदभार ग्रहण गर्ने कार्यक्रम छ।

 

प्रकाशित मिति: १२:४५ बजे, सोमबार, जेठ १६, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्