काठमार्डौ महानगरको उपप्रमुख जितेपछि सुनिता डंगोलको विजय उत्सव
काठमाडौं, जेठ १३ : काठमाडौं महानगरपालिकाको उपमेयरमा एमाले उम्मेदवार सुनिता डंगोल निर्वाचित भएकी छन्। सत्तारुढ गठबन्धन दलका उम्मेदवारलाई पराजित गर्दै डंगोल उपमेयर निर्वाचित भएकी...काठमाडौं, जेठ १३ : काठमाडौं महानगरपालिकाको उपमेयरमा एमाले उम्मेदवार सुनिता डंगोल निर्वाचित भएकी छन्। सत्तारुढ गठबन्धन दलका उम्मेदवारलाई पराजित गर्दै डंगोल उपमेयर निर्वाचित भएकी हुन्।
उपमेयर निर्वाचित भएपछि डंगोलले जनताले युवा पुस्तालाई गरेको विश्वासमा कमी आउन नदिने बताएकी छन्। उनले काठमाडौंलाई माया गर्ने, काठमाडौंलाई घर ठान्ने र कर्मथलो ठान्ने सबैलाई धन्यवाद दिएकी छन्।
‘काठमाडौंलाई साँच्चै नै विकास भएको देख्न चाहने सम्पूर्ण काठमाडौंमा रहनु भएका र देश(विदेशमा रहनु भएको सबैलाई धन्यवाद दिन चाहन्छु’, उनले भनिन्।
उपमेयर निर्वाचित भएपछि राष्ट्रिय सभागृहबाट उनको विजयमा ¥याली निकालिएको थियो । ¥यालीमा निवर्तमान मेयर विद्यासुन्दर शाक्य पनि सहभागी थिए।
प्रकाशित मिति: १५:३६ बजे, शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘हरेक समितिहरु विधेयकमा गम्भिर र सरकारप्रति जवाफदेही बन्नुपर्छ’बुधबार, माघ ९, २०८१
प्रधामन्त्रीले संयन्त्रले देश चलाउन खोजेको डा. कोइरालाको आरोपबुधबार, माघ ९, २०८१
प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट र कार्यक्रम रद्द बुधबार, माघ ९, २०८१