Kathmandu Press

काठमाडौं महानगरको मेयर घोषणा हुनअगावै सभागृहमा बालेनका समर्थकको उत्सव 

काठमाडौं, जेठ १२ : काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । महानगरका ३२ वटा वडामध्य १४ नम्बर वडाको मात्र मतपरिणाम आउन बाँकी छ...
काठमाडौं महानगरको मेयर घोषणा हुनअगावै सभागृहमा बालेनका समर्थकको उत्सव 

काठमाडौं, जेठ १२ : काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । महानगरका ३२ वटा वडामध्य १४ नम्बर वडाको मात्र मतपरिणाम आउन बाँकी छ । आज बेलुकासम्म त्यहाँको पनि मतपरिणाम आइसक्ने छ।

१४ नम्बर वडाको मतगणना सम्पन्न भएपछि बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर घोषित हुनेछन् । चारवटा वडाको मतगणना बाँकी छँदै बालेनको जित सुनिश्चित भइसकेको थियो। 

Hardik ivf

बालेनले हालसम्मको परिणाम अनुसार ६१ हजार तीन सय ९० मतसहित अग्रता लिइरहेका छन् । गठबन्धनकी उम्मेदवार सिर्जना सिंह ३८ हजार १८७ मत ल्याएर दोस्रो स्थानमा छिन् भने एमालेका केशव स्थापित ३७ हजार ९४४ मतसहित सिर्जनालाई पछ्याइरहेका छन्।

बालेन मेयर घोषित हुनु अगावै राष्ट्रिय सभागृह परिसरमा उनका समर्थकहरुले उत्सव मनाएका छन् । राष्ट्रिय सभागृह परिसरमा रहेका बालेनका समर्थकहरु महानगरको नयाँ मेयर घोषणाको तीव्र प्रतिक्षामा छन् ।

बिहीबार अपराह्नदेखि बालेनको पक्षमा नाराबाजी भइरहेको छ । अहिले भीषण वर्षाका कारण उनका समर्थकहरुले नाराबाजी रोकेका छन्। 

प्रकाशित मिति: १८:३६ बजे, बिहीबार, जेठ १२, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्