Kathmandu Press

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोध गर्दै आयल निगम घेराउ 

गठबन्धन दल निकट विद्यार्थी संगठनले बुधबार टेकुस्थित नेपाल आयल निगमको कार्यालय घेराउ गरेका हुन्। 
पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोध गर्दै आयल निगम घेराउ 

काठमाडौं, जेठ ११ : पेट्रोलियम पदार्थको मूल्यवृद्धीविरुद्ध संयुक्त विद्यार्थी संगठन आन्दोलित भएको छ। गठबन्धन दल निकट विद्यार्थी संगठनले बुधबार टेकुस्थित नेपाल आयल निगमको कार्यालय घेराउ गरेका हुन्। 

प्रदर्शनकारीले पेट्रोलियममा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै नारा लगाएका छन्। माहामारीबाट भर्खरै तंग्रिन थालेका जनतालाई इन्धनको मूल्य वृद्धीले थप मारमा पारेको भन्दै विद्यार्थी संगठनले आयल निगम घेरेर नाराबाजी गरेका हुन्।

निगमले आइतबार रातीदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बढाएको छ भने खाना पकाउने एलपी ग्याँसको मूल्यमा प्रतिसिलिण्डर २०० रुपैयाँको दरले मूल्यवृद्धी गरेको छ।

लगातार मूल्य वृद्धी गर्दा पनि आयल निगमले अझै अर्बौँ घाटा हुने बताएको छ।

प्रकाशित मिति: १३:४६ बजे, बुधबार, जेठ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्