Kathmandu Press

युगान्डाविरुद्धकाे अन्तिम टी-ट्वान्टी क्रिकेटमा नेपाल विजयी

काठमाडाैं, जेठ ७ : युगान्डाविरुद्धको पाँचौं तथा अन्तिम टी-ट्वान्टी क्रिकेटमा नेपाल विजयी बनेको छ।शनिबार त्रिवि मैदानमा नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले सिरिजको अन्तिम...
युगान्डाविरुद्धकाे अन्तिम टी-ट्वान्टी क्रिकेटमा नेपाल विजयी

काठमाडाैं, जेठ ७ : युगान्डाविरुद्धको पाँचौं तथा अन्तिम टी-ट्वान्टी क्रिकेटमा नेपाल विजयी बनेको छ।

शनिबार त्रिवि मैदानमा नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले सिरिजको अन्तिम खेलमा पाहुना टोली युगान्डालाई ३३ रनले पराजित गर्यो।

पाँच म्याचको टी–ट्वान्टी सिरिजमा युगान्डा ३–२ ले विजयी बनेको छ। घरेलु टोली नेपालले जित सहित सिरिजको अन्त्य गरेको छ।

त्रिवि मैदानमा १ सय २४ रनको लक्ष्य पछ्याएको युगान्डाले ६ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो। यसअघि, युगान्डाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभमार ६ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो।

पाहुना टोली युगान्डाले लगातार तीन खेलमा जित निकाल्दै दुई खेल अगावै सिरिज जितिसकेको थियो। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय महिला क्रिकेट टिमका लागि सिरिजको आयोजना गरेको थियो।

प्रकाशित मिति: १७:२७ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्