Kathmandu Press

काठमाडौंका 'कोर' एरियामा फोहोर (फोटोफिचर)

काठमाडौं महानगरपालिकाको मतपरिणाम सार्वजनिक हुँदै गर्दा महानगरको कोर एरियामा भने डंगुरका डंगुर फोहोर थुप्रिन थालेको छ ।
काठमाडौंका 'कोर' एरियामा फोहोर (फोटोफिचर)

काठमाडौं, जेठ ६ : काठमाडौं महानगरपालिकाको मतपरिणाम सार्वजनिक हुँदै गर्दा महानगरको कोर एरियामा भने डंगुरका डंगुर फोहोर थुप्रिन थालेको छ । केही दिन यता नियमित रुपमा उपत्यकाबाट फोहोर उठ्न नसकेपछि मुख्य सडक छेउ तथा चोकमा फोहोर थुप्रिन थालेको हो। 

फोहोर उठ्न नसक्दा काठमाण्डौं दुर्गन्धित बन्दै गएको छ। फोहोरका कारण मुख छोपेर हिड्नु पर्ने बाध्यता छ। दैनिक पानी परिरहँदा एक ठाउँमा थुप्रेको फोहोर बगेर अन्यत्र पुग्दा काठमाडौंको वातावरण थप दुर्गन्धित बनेको छ । 

भोटेबहाल, नागपोखरी, टेकु, माखन, बागबजार, कमलादी, धरहरा लगायतका क्षेत्रमा फोहोरका डंगुर थुप्रिँदा शहरको दृश्य कुरुप देखिएको छ। 


 

प्रकाशित मिति: १४:३० बजे, शुक्रबार, जेठ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्