Kathmandu Press

बलात्कारीलाई कारबाही र पीडितलाई न्यायकाे माग गर्दै बालुवाटारनजिकै प्रदर्शन (तस्बिरहरू)

काठमाडाैं, जेठ ६ : हालै सार्वजनिक भएको बलात्कार घटनामा संग्लनलाई कारबाही र पीडितलाई न्याय दिनुपर्ने भन्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।पीडितले नामनै तोकेर...
बलात्कारीलाई कारबाही र पीडितलाई न्यायकाे माग गर्दै बालुवाटारनजिकै प्रदर्शन (तस्बिरहरू)

काठमाडाैं, जेठ ६ : हालै सार्वजनिक भएको बलात्कार घटनामा संग्लनलाई कारबाही र पीडितलाई न्याय दिनुपर्ने भन्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।

पीडितले नामनै तोकेर घटनाका बारेमा सामाजिक सञ्जालबाट सार्वजनिक गरेको भन्दै उनीहरुले दोषीमाथि कारवाही गर्नुपर्ने माग राखेका छन्।

प्रधानमन्त्री निवास बालुवाटार नजिकै भएको प्रदर्शनका क्रममा उनीहरुले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी कानुनमा हदम्यादको व्यवस्था हटाउनु पर्ने, दोषीलाई कारवाही गर्नुपर्ने, पुँजीवादी पितृसत्ता मुर्दावाद लगाएतका नारा लगाएका थिए। प्रदर्शनमा सहभागी युवाहरुले घटनाको छानविन गरि दोषीलाई कारवाही गर्नुपर्ने बताएका थिए।

Hardik ivf

बुधबार एक युवतीले सामाजिक सञ्जालमार्फत २०७१ सालमा भएको एक प्रतिपर्धात्मक कार्यक्रममा आफू बलात्कृत भएको बताएकी थिइन्। उक्त घटना सार्वजनिक भएपछि  दोषीलाई कारबाहीको माग उठिरहेको छ।

 

 

 

 

प्रकाशित मिति: १२:४२ बजे, शुक्रबार, जेठ ६, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्