Kathmandu Press

काठमाडौंमा क्षत्री समुदायको जात्रा (फोटोफिचर)

बूढानीलकण्ठस्थित पासिकोटमा क्षत्री समुदायले वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्तीको भोलिपल्ट ‘चण्डी भद्रकालीको जात्रा’ मनाउने गरेका छन।
काठमाडौंमा क्षत्री समुदायको जात्रा (फोटोफिचर)

काठमाडाैं, जेठ ३ : बूढानीलकण्ठस्थित पासिकोटमा क्षत्री समुदायले ‘चण्डी भद्रकालीको जात्रा’ मनाएका छन् । याे जात्रा हरेक वर्षा वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्तीको भोलिपल्ट मनाउने गरिन्छ ।

२०१७ सालदेखि मनाउन थालिएको यो जात्रा बीचमा केही समय रोकिए पनि अहिले पुन: युवाहरूकाे पहलमा जात्रा मनाउन थालिएकाे छ।

बुद्ध पूर्णिमाको दिन रथ बनाएर दोस्रो दिन गाम्चा लगी सिन्दुर जात्रा गराइन्छ। त्यसको भोलिपल्ट रथ पासिकोट ल्याइन्छ।

भद्रकाली देवीको रथ मन्दिर भएको स्थानदेखि नजिकैको छिमेकी गाउँ गाम्चा, चपली हुँदै पासिकोट घुमाएर पुन मन्दिरमै लगेर राख्ने गरिन्छ।

जात्रामा भद्रकालीको मात्र नभई नारायण, गणेशको पनि रथ घुमाइन्छ। जात्रामा बाजागाजासहित बोकाको बलि र हाँसको अन्डा चढाउने चलन छ।

प्रकाशित मिति: १९:४५ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्