Kathmandu Press

काठमाडौंमा यसरी मनाइयो बुद्ध जयन्ती

काठमाडौं, जेठ २ : प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती काठमाडौंमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि...
काठमाडौंमा यसरी मनाइयो बुद्ध जयन्ती

काठमाडौं, जेठ २ : प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती काठमाडौंमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिन्छ । 

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्।

यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ। सोमबार काठमाडौंमा पनि विभिन्न कार्यक्रमका साथ बुद्ध जयन्ती मनाइएको छ।

तस्बिरहरु 

प्रकाशित मिति: १८:३८ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्