Kathmandu Press

यसरी बनाइयो वसन्तपुर डबलीमा मतदान केन्द्र, निर्वाचनको सम्पूर्ण तयारी पूरा (तस्बिरहरु)

शुक्रबार बिहान ७ बजेबाट मतदान शुरु हुनेछ। मतदानका लागि तयार गरिँदै गरेको काठमाडौं महानगरपालिका २३ नम्बर वडाको मतदान केन्द्र बसन्तपुर डबलीको केहि तस्बिरहरू
यसरी बनाइयो वसन्तपुर डबलीमा मतदान केन्द्र, निर्वाचनको सम्पूर्ण तयारी पूरा (तस्बिरहरु)

काठमाडौं, वैशाख २९ : स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकामा सम्पूर्ण तयारी पूरा भएको छ। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले काठमाडौं महानगरलगायत १३ वटै स्थानीय तहमा भोलि हुने मतदानको तयारी लगभग पूरा भइसकेको जानकारी दिएका छन्।

Hardik ivf

बिहीबार केही मतदान केन्द्रको निरीक्षणपछि पत्रकारहरुसँग कुरा गर्दै उनले बुथहरु निर्माण गर्ने, मतपत्र वितरण गर्ने, मतगणना स्थल निर्माण गर्ने लगायतका काम लगभग पूरा भएको बताए ।

काठमाडौंमा ३२० मतदानस्थल रहेका छन् । जसमध्ये ११५ मतदान स्थलहरु संवेदनशील रहेका छन् । काठमाडौंमा अति संवेदनशील मतदानस्थल भने छैनन्।

शुक्रबार बिहान ७ बजेबाट मतदान शुरु हुनेछ। मतदानका लागि तयार गरिँदै गरेको काठमाडौं महानगरपालिका २३ नम्बर वडाको मतदान केन्द्र बसन्तपुर डबलीको केहि तस्बिरहरू:


 

प्रकाशित मिति: १७:५५ बजे, बिहीबार, वैशाख २९, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्