Kathmandu Press

घरदैलाेमा काठमाडौं महानगरका उम्मेदवार (तस्बिरहरू)

मौन अवधि सुरु हुन दुई दिन मात्र बाँकी रहँदा काठमाडौं महानगरपालिकामा मेयर, उपमेयर, वडाध्यक्ष तथा वडा सदस्यका उम्मेदवारहरूलाई घरघरमा, टोलटोलमा पुगेर मतदाता भेट्न भ्याइनभ्याइ छ।
घरदैलाेमा काठमाडौं महानगरका उम्मेदवार (तस्बिरहरू)

काठमाडाैं, वैशाख २५ : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न दल तथा उम्मेदवारहरू तीव्र रूपमा चुनावी प्रचारप्रसार अभियानमा जुटेका छन्।

मौन अवधि सुरु हुन दुई दिन मात्र बाँकी रहँदा काठमाडौं महानगरपालिकामा मेयर, उपमेयर, वडाध्यक्ष तथा वडा सदस्यका उम्मेदवारहरूलाई घरघरमा, टोलटोलमा पुगेर मतदाता भेट्न भ्याइनभ्याइ छ।

हात हल्लाएर अभिवादन टक्र्याउँदै, नमस्कार गरेर सम्मान प्रकट गर्दै, अँगोलो मारेर आत्मीयता साट्दै, सेल्फी खिच्न चाहनेलाई साथ दिँदै मतदाताको मन जित्ने प्रयासमा उनीहरू जुटेको दृश्य निकै रोचक देखिन्छ।

दलको झन्डा, ब्यानर र चुनाव चिह्न अंकित अन्य सामग्री बोकेर कार्यकर्ता र समर्थकसहित दौडधुपमा व्यस्त रहेका उम्मेदवारहरूलाई केहीबेर रोकेर महानगरवासीले आफ्ना समस्यासमेत सुनाउने गरेका छन्। उम्मेदवारलाई साथ दिन केन्द्रीय नेतारू पनि प्रचार असभयानमा सामेल भएका छन्। 

कतै केहीबेर अडिएर चिनजान गर्नेगराउने, आफ्ना संकल्प, प्रतिबद्धता तथा योजना सुनाउने, मतदाताका गुनासा सुन्ने, पार्टीका गीत बजाउँदै नाचगान गर्ने गरेर चुनावी प्रचारप्रसारलाई रौनकमय बनाउन नेताकार्यकर्ताहरू लागिपरेका छन्।

यसपटक काठमाडौं महानगरमा गठबन्धनकी साझा उम्मेदवार कांग्रेस नेतृ सिर्जना सिंह र एमाले नेता केशव स्थापितबीच रोकच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।

त्यसैगरी उपमेयरमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका सुरेन्द्र श्रेष्ठ र एमालेबाट सुनिता डंगोलबीचको प्रतिस्पर्धा पनि हेर्नलायक हुने अनुमान गरिएको छ। उनीहरू सबै यतिखेर प्रचारप्रसारमा व्यस्त छन्। 

                              

प्रकाशित मिति: १८:५७ बजे, आइतबार, वैशाख २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्