Kathmandu Press

रातो मच्छिन्द्रनाथको रथयात्रा [तस्विरहरू]

काठमाडाैं, बैशाख २३ : वैशाख शुक्ल तृतीयाका दिन बुधबारबाट सुरु भएकाे रातो मच्छिन्द्रनाथको जात्रा आज तेस्राे दिन हाे।रातो मच्छिन्द्रनालाई वर्षा र सहकालका देवताको...
रातो मच्छिन्द्रनाथको रथयात्रा [तस्विरहरू]

काठमाडाैं, बैशाख २३ : वैशाख शुक्ल तृतीयाका दिन बुधबारबाट सुरु भएकाे रातो मच्छिन्द्रनाथको जात्रा आज तेस्राे दिन हाे।

रातो मच्छिन्द्रनालाई वर्षा र सहकालका देवताको रुपमा पुज्ने गरिन्छ।

पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पुर्‍याएर भोटो देखाइन्छ। यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ।

हिन्दू धर्मावलम्बी मच्छिन्द्रनाथलाई ऐतिहासिक करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ अर्थात् पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन्। भक्तपुरका राजा नरेन्द्र देव,  पाटनका  किसान  ललित र काठमाडौंमा तान्त्रिक बन्धुदत्तले उपत्यकामा अनिकाल लाग्दा भारतको आसामबाट मच्छिन्द्रनाथ ल्याएको किवंदन्ती चलिआएको छ।

 

प्रकाशित मिति: २०:०६ बजे, शुक्रबार, वैशाख २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्