Kathmandu Press

शुरु भयो रातो मच्छिन्द्रनाथको जात्रा (तस्बिरहरू)

रातो मच्छिन्द्रनालाई वर्षा र सहकालका देवताको रुपमा पुज्ने गरिन्छ । जात्राको पहिलो दिन आज पुल्चोकस्थित मच्छिन्द्रनाथको ३२ फिटको नौ तल्ले रथलाई विधिवत पूजा गरी सुरु गर्ने प्रचलन रहँदै आएको छ ।
शुरु भयो रातो मच्छिन्द्रनाथको जात्रा (तस्बिरहरू)

काठमाडौं, वैशाख २१ : हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिनबाट सुरु हुने रातो मच्छिन्द्रनाथको जात्रा बुधबारबाट (आज) सुरु भएको छ । 

रातो मच्छिन्द्रनालाई वर्षा र सहकालका देवताको रुपमा पुज्ने गरिन्छ । जात्राको पहिलो दिन आज पुल्चोकस्थित मच्छिन्द्रनाथको ३२ फिटको नौ तल्ले रथलाई विधिवत पूजा गरी सुरु गर्ने प्रचलन रहँदै आएको छ ।

Hardik ivf

पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पुर्‍याएर भोटो देखाइन्छ। यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा  समापन हुन्छ ।

हिन्दू धर्मावलम्बी मच्छिन्द्रनाथलाई ऐतिहासिक करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ अर्थात् पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन्।  भक्तपुरका राजा नरेन्द्र देव,  पाटनका  किसान  ललित र काठमाडौंमा तान्त्रिक बन्धुदत्तले उपत्यकामा अनिकाल लाग्दा भारतको आसामबाट मच्छिन्द्रनाथ ल्याएको किवंदन्ती चलिआएको छ ।

मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ। जात्रा असार शुक्ल चतुर्थीका दिन सम्पन्न हुन्छ । यस जात्रा नेपालको सबैभन्दा लामो जात्रा हो । दुई वर्ष पछि यस वर्ष जात्रा संचालन भएको हो ।

यसअघि कोरोना महामारीका कारण जात्रालाई सांकेतिक रुपमा मात्र सीमित गरिएको थियो ।

प्रकाशित मिति: २०:५० बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्