तस्बिरमा रातो मच्छिन्द्रनाथको रथारोहण
उपत्यकाको सबैभन्दा लामो जात्राको पहिलो दिन आइतबार पाटनस्थित तःबहालबाट खटमा राखि देवता पुल्चोकमा रहेको रथमा राखियो । रथमा देवता राखेको तीनदिन पछि (बुधबार) रथ यात्रा सुरु हुन्छ ।
काठमाडौं, वैशाख १८ : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । आइतबार वैशाख शुक्ल प्रतिपदाको दिन मच्छिन्द्रनाथको रथारोहण गरिएको हो ।
उपत्यकाको सबैभन्दा लामो जात्राको पहिलो दिन आइतबार पाटनस्थित तःबहालबाट खटमा राखि देवता पुल्चोकमा रहेको रथमा राखियो । रथमा देवता राखेको तीनदिन पछि (बुधबार) रथ यात्रा सुरु हुन्छ ।
अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौँ नामले प्रख्यात छन्, रातो मच्छिन्द्रनाथ ।
लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशलगत्तै सहकाल ल्याएको र पानी पारेर लोककल्याण गरेको स्मरणमा रथ तान्ने गरिन्छ।
प्रकाशित मिति: २१:२२ बजे, आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार