Kathmandu Press

३६ लाख बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

काठमाडौं, कात्तिक २ : देशभरका पाँच वर्षमूनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन थालिएको छ।

आज र भोलि देशभर....

३६ लाख बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

काठमाडौं, कात्तिक २ : देशभरका पाँच वर्षमूनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन थालिएको छ।

आज र भोलि देशभरका करिब ३६ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन थालिएको हो। त्यसमध्ये ३१ लाख बालबालिकालाई जुकाको औषधि खुवाउन सुरू गरिएको छ।

भिटामिन र जुकाको औषधि खुवाउने कार्यक्रम आज बिहानैदेखि देशभरका स्वास्थ्य सेवा केन्द्र तथा सामुदायिक अस्पतालमा चलिरहेको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने गरिँदै आएको छ।

देशभरका ६ महिनादेखि पाँच वर्षमूनिका ३६ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ। त्यस्तै, एक वर्षदेखि पाँच वर्षमूनिका ३१ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने भएको हो।

यसले बालमृत्युदर घटाउने, भिटामिन ‘ए’को कमीबाट जनस्वास्थ्यसम्बन्धी समस्या हटाउने उद्देश्यले यो कार्यक्रम संचालन गरिएको हो। यो कार्यक्रम २६ वर्षदेखि नियमित रुपमा हुँदै आएको छ। पहिलो पटक २०५० मा यो कार्यक्रम संचालन गरिएको थियो।

प्रकाशित मिति: १४:४० बजे, शनिबार, कात्तिक २, २०७६