Kathmandu Press

पश्चिमी वायुको प्रभावले देशभर चिसो

काठमाडौं, कात्तिक २ : पश्चिमी वायुको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली भई चिसो बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

जसले गर्दा आ....

पश्चिमी वायुको प्रभावले देशभर चिसो

काठमाडौं, कात्तिक २ : पश्चिमी वायुको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली भई चिसो बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

जसले गर्दा आज देशका उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको विभागको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन बाहिरिएसँगै निरन्तर न्यूनतम तापक्रम घट्नेक्रम शुरु भएकाले चिसो महसुस भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए। राति देशका पूर्वी भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही मध्य तथा पश्चिमी भू–भागमा आङ्शिक बदली भई मध्यपहाडी भू–भागका एक÷दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आइतबार देशभर आङ्शिकदेखि सामान्य बदली रही देशका पूर्वी र पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।
त्यस्तै सोमबार देशका मध्य तथा पूर्वी भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही पहाडका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.५ डिग्री र अधिकतम तापक्रम २५.२ डिग्री सेल्सियस रहेको छ। पोखराको न्यूनतम तापक्रम १८.२ र अधिकमत तापक्रम २८.० डिग्री रहेको छ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस छ।

प्रकाशित मिति: १३:४७ बजे, शनिबार, कात्तिक २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्