उपनिर्वाचनका लागि यस्तो छ कार्यतालिका
काठमाडौं, कात्तिक २ : मंसिर १४ मा हुने उपनिर्वाचका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ।
निर्वाचन आयोगले कात्तिक २१ गते उम्मेद....
काठमाडौं, कात्तिक २ : मंसिर १४ मा हुने उपनिर्वाचका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ।
निर्वाचन आयोगले कात्तिक २१ गते उम्मेदवारी दर्ताको समय तोकेको छ। प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका उम्मेदवारले कात्तिक २१ गते बिहान १० देखि दिउसो १ बजेसम्म उम्मेदवारी दर्ता गराउनु पर्नेछ। त्यहि दिन दिउसो १ देखि ३ बजेसम्म उम्मेदवारको सूचि प्रकाशन गरिनेछ।
आयोगले कात्तिक २२ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय दिएको छ भने कात्तिक २३ गते बिहान ११ बेदेखि साँझ ५ बजेसम्म मनोनयन–पत्र र उजुरीउपर जाँचबुझ गर्ने र मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ।
त्यस्तै, कात्तिक २४ गते उम्मेदवारी फिर्ता, कात्तिक २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ। आयोगले कात्तिक २५ नै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ।
त्यस्तै, स्थानीय तहका उम्मेदवारले भने कात्तिक २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्न सक्नेछन्। कात्तिक २८ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने कात्तिक २९ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।
त्यस्तै, कात्तिक ३० गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने त्यहि दिन अन्तिम नामावली प्रकाशन गरिनेछ। स्थानीय तहका उम्मेदवारलाई मंसिर १ गते निर्वाचन चिह्न प्रदान गर्ने भएको छ।
आयोगका अनुसार, प्रतिनिधि सभा सदस्यको एक, प्रदेश सभा सदस्यको तीन, स्थानीय तह प्रमुख तीन र वडाध्यक्ष ४८ गरी ५२ पदका लागि उपनिर्वाचन हुनेछ। उपनिर्वानका लागि मंसिर १४ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ।






