सेनाद्वारा तीन जना सम्मानित
काठमाडौं, कात्तिक १ : नेपाली सेनाले तीन जना विशिष्ट व्यक्तित्वलाई ‘हल अफ फेम’ उपाधिबाट सम्मानित गरेको छ।
नेपाली सेना....

काठमाडौं, कात्तिक १ : नेपाली सेनाले तीन जना विशिष्ट व्यक्तित्वलाई ‘हल अफ फेम’ उपाधिबाट सम्मानित गरेको छ।
नेपाली सेनाको आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरीमा सञ्चालित कमान्ड तालीम पूरा गरी सुरक्षा निकायको उच्च नेतृत्वमा पुग्न सफल भएका व्यक्तित्वलाई पहिलो पटक सो उपाधिले सम्मानित गरिएको हो।
यसरी सम्मानित हुनुहुनेमा प्रधान सेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र सोही बलका पूर्वमहानिरीक्षक शैलेन्द्र श्रेष्ठ छन्। स्वदेशभित्र नै उच्च कमाण्ड तालीम पूरा गरी राष्ट्रका लागि उत्कृष्ट सेवा पु¥याउँदै सुरक्षा निकायको उच्च नेतृत्वमा पुग्न सफल व्यक्तित्वलाई ‘हल अफ फेम’बाट सम्मान गर्ने प्रचलन रहेको छ।
आफ्नै स्टाफ कलेजबाट कमान्ड तालीम लिई प्रधानसेनापति पदमा पुग्नु सफल भएका प्रधानसेनापति थापा पहिलो प्रधानसेनापति हुुन् । विशेष गरी सेनाभित्र ‘कमान्ड तालीम’लाई विशेष महत्वका रुपमा लिइन्छ । कमान्ड तालीम पूरा भएपछि मात्र वृत्ति विकासका थप ढोकाहरु खोलिने गर्दछ।











