Kathmandu Press

व्यवसायीलाई चुनावी सामग्री बनाउन भ्याइनभ्याइ

७५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन हुने भएपछि अहिले देशैभरि चुनावी रौनक छाएको छ।
व्यवसायीलाई चुनावी सामग्री बनाउन भ्याइनभ्याइ

काठमाडाैं, वैशाख १६ : यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। ७५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन हुने भएपछि अहिले देशैभरि चुनावी रौनक छाएको छ।

यही मेसोमा केही व्यवसायीहरू भने निर्वाचन प्रचार सामग्री बनाउनमा व्यस्त छन्। खासगरी बागबजार क्षेत्रका व्यवसायीहरूलाई झन्डा, ब्यानर, ब्याच लगायत चुनावी सामग्री बनाउन भ्याइनभ्याइ छ। चुनावका बेला ठुला दलहरूका प्रचार सामग्री धेरै ठुलाे संख्यामा बन्ने गर्छ।

Hardik ivf

आफू र आफ्नो दललाई जिताउन उम्मेदवार, नेता, कार्यकर्ता चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा जुटेका छन्। मौन अवधि सुरु हुनुअघिसम्म दलहरूले आफ्ना उम्मेदवारलाई जिताउन चुनावी सभा, भेटघाटसँगै प्रचारप्रसारका अन्य विविध कार्यक्रम गर्न पाउनेछन्। साे अवधिमा यस्ता सामग्रीको अत्यधिक प्रयोग हुने गर्छ। 

चुनावी प्रचारका चरणमा प्रयोग गरिने सामग्री  जुलुस वा आमसभामा भाग लिने व्यक्तिले १० इन्च चौडाइ र १८ इन्चभन्दा ठूलो आकारको झन्डा प्रयोग गर्न वा गराउन नहुने आचारसंहितामा उल्लेख छ।

उम्मेदवार वा राजनीतिक दलले प्रयोग गर्ने सवारीसाधनमा ३ फिट चौडाइ र ५ फिट उचाइभन्दा भन्दा ब्यानर वा झन्डा तथा लम्बाइ र चौडाइ ३/३ फिट हुने पोस्टर प्रयोग गर्न नपाइने व्यवस्था छ। त्यसैगरी घरपर्खालका भित्तामा चुनाव प्रचार सामग्री टाँस्न नपाइने व्यवस्तथा गरिएको छ। 

व्यवसायीले यस्ता नियमलाई ध्यानमा राखेर  खासगरी साना आकारका झन्डा व्यापक रूपमा बनारहेका छन्। त्यस्ता झन्डा उम्मेदवार तथा नेताकार्यकर्ताले हातमा बोकेर प्रयोग गर्न सक्छन्। 

              

प्रकाशित मिति: १६:०१ बजे, शुक्रबार, वैशाख १६, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्