जापानी सम्राटको राज्याभिषेकको परेड मात्र हटेको हो, राष्ट्रपति जानुहुन्छ : परराष्ट्र
काठमाडौं, कात्तिक १ ः परराष्ट्र मन्त्रालयले जापान सरकारले नयाँ सम्राट नारु हितोको राज्याभिषेक समारोह निर्धारित तिथिमा नै हुने भएकोले राष्ट्रपति विद्यादेवी भण्डारी म्या....

काठमाडौं, कात्तिक १ ः परराष्ट्र मन्त्रालयले जापान सरकारले नयाँ सम्राट नारु हितोको राज्याभिषेक समारोह निर्धारित तिथिमा नै हुने भएकोले राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारबाट जापान जाने प्रष्ट पारेको छ।
मन्त्रालयले ट्वीट गर्दै जापान सरकारले उक्त समारोहको परेड मात्र स्थगित गरेको जनाएको छ ।
मन्त्रालयले भनेको छ, ‘जापानी सम्राटको इन्थ्रोन्मेन्ट समारोह स्थगित भएको भनी सामाजिक सञ्जालमा आएका केही टिप्पणीले भ्रम सृजना भएको देखियो। इन्थ्रोन्मेन्ट र त्यस्को अभिन्न भागको रूपमा हुने औपचारिक कार्यक्रम तोकिएको समयमै हुने कुरा जापान सरकारले पुष्टि गरेको छ। त्यसपछि हुने भनिएको परेड मात्र पछि सरेको हो।’
जापान सरकारले त्यहाँका नयाँ सम्राट नारू हितोको राज्याभिषेक समारोह तीन सातापछि नोभेम्बर १० का लागि सार्ने भनी आएको समाचारको खण्डन गरेको छ ।











-ink-1744291933.jpeg)
