गोर्खा ब्रुअरीको करविवादमा पोखरा उच्च अदालतका न्यायाधीश बर्खास्त
काठमाडौं, कात्तिक १ : प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले गोर्खा ब्रुअरीको करसम्बन्धी मुद्दामा क्षेत्राधिकार मिचेर आदेश दिएको आरोप लागेका उच्च ....

काठमाडौं, कात्तिक १ : प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले गोर्खा ब्रुअरीको करसम्बन्धी मुद्दामा क्षेत्राधिकार मिचेर आदेश दिएको आरोप लागेका उच्च अदालतल पोखराका न्यायाधीश नरबहादुर शाहीलाई सेवाबाट बर्खास्त गरिएको छ।
न्यायपरिषदको बिहीबार बसेको बैठकले न्यायिक विचलनमा परेको ठहर गर्दै शाहीलाई सेवाबाट बर्खास्त गर्न सिफारिश गरेको थियो ।
पद अनुकूलको आचरण गरेको नदेखिएको भन्दै शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय भएको हो। सर्वोच्च अदालतले गोर्खा ब्रुअरीको करसम्बन्धी मुद्दा हेर्दा क्षेत्राधिकार मिचेको भन्दै शाहीसहित अन्य २ न्यायाधीशमाथि छानबिन गर्न आदेश दिएको थियो।
प्रकाशित मिति: १७:४६ बजे, शुक्रबार, कात्तिक १, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











