Kathmandu Press

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

काठमाडौं, कात्तिक १ : गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन्।

शुक्रबार सम्पन्न मतगणनाअनुसार, अध्यक्षका प्र....

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी
रिवाज राई

काठमाडौं, कात्तिक १ : गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन्।

शुक्रबार सम्पन्न मतगणनाअनुसार, अध्यक्षका प्रत्यासी कुल आचार्यलाई पराजित गर्दै पन्त एनआरएनएको अध्यक्ष निर्वाचित भएका हुन्।

केहीवेर अघि मतगणना सम्पन्न भएको छ। औपचारिक घोषणा हुन भने बाँकी छ।

बिहीबार सम्पन्न निर्वाचनमा दुई हजार तीन सय ४० मत खसेको थियो। दुई हजार पाँच सय ७० मतदातामध्ये करिब दुई सय ३० मतदाता अनुपस्थित रहेका थिए।

बिहीबार राति ११ बजेदेखि सुरु भएको मतगणना शुक्रबार बिहान सम्पन्न भएको हो।

एनआरएनएको ४२ पदका लागि ७५ जना उम्मेदवार बनेका थिए। त्यसमध्ये केही निर्विरोध निर्वाचित भएका छन्

अष्ट्रेलियासहित ओसेनिया क्षेत्रबाट २११, अफ्रिकाबाट १६, एसिया प्यासिफिकबाट ४६२, मध्यपूर्वबाट ४७०, युरोपबाट ९२० र अमेरिका क्षेत्रबाट २६१ मत खसेको थियो।

प्रकाशित मिति: ११:०० बजे, शुक्रबार, कात्तिक १, २०७६