Kathmandu Press

बाला नलागेपछि हरियो धान काट्दै चितवनका किसान

चितवन, कात्तिक १ : बाला नलागेपछि चितवनका किसानले हरियो धान काट्न थालेका छन्।

बाला लाग्ने समय सकिँदासम्म पनि गरिमा जातको धानमा बाला नलागेपछि ....

बाला नलागेपछि हरियो धान काट्दै चितवनका किसान

चितवन, कात्तिक १ : बाला नलागेपछि चितवनका किसानले हरियो धान काट्न थालेका छन्।

बाला लाग्ने समय सकिँदासम्म पनि गरिमा जातको धानमा बाला नलागेपछि उनीहरुले हरियो बोट नै काट्नु परेको बताएका छन्। चितवनमा अन्य जातका धान लगाउने किसान भने पाकेको धान काट्नमा व्यस्त छन्।

लामो समय प्रतिक्षा गर्दा पनि बाला नलागेपछि बाध्य भएर हरियो बोट काट्नुपरेको पूर्वी चितवन खैरहनी–११ पिद्रहनीका कृष्ण लामाले बताए। ‘धेरै कु¥यौँ, तर बाला लाग्ने छाँटकाँट देखिएन, हरियो बोट नै काट्यौँ,’ उनले भने।

भारतबाट आयातित वर्णशङ्कर गरिमा जातको धानको बीउ लगाउने किसानको अहिले बिचल्ली भएको छ। धानमा बाला नलागेपछि एक महिनाअघि विज्ञहरुको टोलीले धानको निरीक्षण गरेको थियो।

उनीहरुले धानमा बाला लाग्ने बताए पनि अझैसम्म बाला नलागेपछि सबैजसो किसानले हरियो बोट काटेर तरकारी लगाउने तयारी गरेका  छन्। कृषि ज्ञान केन्द्र चितवनले गरिमा जातको धानको बारेमा विज्ञसहितको टोलीले निरीक्षण गरे पनि यसको कारणबारे जानकारी गराएको छैन।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले क्षतिको विवरण सङ्कलन भइरहेको बताए। उनले किसानलाई क्षतिपूर्ति दिलाउन पहल भइरहेको बताए।

व्यवसायीले धानको बीउ बिक्री गरेको तथ्याङ्कलाई आधार मानेर हेर्दा चितवनमा करिब नौ सय ५० बिघामा गरिमा जातको धान लगाइएको हुनसक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ। 

प्रकाशित मिति: १०:४९ बजे, शुक्रबार, कात्तिक १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्