Kathmandu Press

तस्बिरमा रंगिएका रातो मच्छिन्द्रनाथ 

मच्छिन्द्रनाथको अनुहार र शरीरमा सिम्रिक रंगको प्रयोग गरिन्छ भने आँखाका लागि चुन र मोहनीको प्रयोग गरिन्छ ।
तस्बिरमा रंगिएका रातो मच्छिन्द्रनाथ 

काठमाडौं, वैशाख १४ : रातो मच्छिन्द्रनाथको मूर्तिमा रंंग लगाउने कार्य बुधबार (आज) सकिएको छ । गम्भिर नेकु र अमिर नेकुले सोमबारदेखि रंग रोगन गरेका हुन् । 

रंगरोगनको लागि औसतमा तीनदेखि चार दिनसम्म लाग्ने गम्भिर नेकु बताउँछन् । पाटनमा नेकु एक मात्र मच्छिन्द्रनाथलाई रोगन गर्ने परिवार हुन् । 

Hardik ivf

रोगनका लागि सिम्रिक हिन्गु, सरेस, प्रशोधित चुन तथा मोहनी (गाँजल) र म्हैपी अजिमाबाट ल्याएको माटोको आवश्यकता पर्छ ।

रंग लगाउनु अघि माटोले मच्छिन्द्रनाथको मूर्तिमा लेप लगाइन्छ । मच्छिन्द्रनाथको अनुहार र शरीरमा सिम्रिक रंगको प्रयोग गरिन्छ भने आँखाका लागि चुन र मोहनीको प्रयोग गरिन्छ ।

रोगन पश्चात मूर्ति दश कर्मको लागि तंः बहालस्थित मच्छिन्द्रनाथ मन्दिरको एक कुनामा राखिन्छ ।

प्रकाशित मिति: १९:४२ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्