कुमार पन्त ४१ मतले अगाडि, डेढ सय मत गणना गर्न बाँकी
काठमाडौं, कात्तिक १ : गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनमा अध्यक्षका उम्मेदवार कुमार पन्तले अग्रता कायमै राखेका छन्।
शुक्रबार बिहान १....
काठमाडौं, कात्तिक १ : गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनमा अध्यक्षका उम्मेदवार कुमार पन्तले अग्रता कायमै राखेका छन्।
शुक्रबार बिहान १० बजेसम्मको मतगणना परिणाम अनुसार, पन्त ४१ मतले अगाडि छन्। अब एक सय ५० मत मात्रै गणना गर्न बाँकी रहेको निर्वाचन कमिटीले जनाएको छ। उनले सुरुआतदेखि नै अग्रता लिँदै आएका छन्।
अध्यक्षका अर्का उम्मेदावर कुल आचार्यले बीचमा अग्रता लिएपनि अहिले पछाडि परेका छन्।
एनआरएनएको ४२ पदका लागि भएको निर्वाचनमा ७५ जनाले उम्मेदवारी दिएका थिए। त्यसमध्ये केही उम्मेदवार निर्विरोध निर्वाचित पनि भएका छन्।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले एनआरएनएको सम्मेलन उद्घाटन गरेकी थिइन्। बुधबार विवाद हुँदा निर्वाचन हुन सकेको थिएन्। बिहीबार पनि विवादबीच मतदान भएको थियो।






