Kathmandu Press

कुमार पन्तकाे ७० मतकाे अग्रता, १० बजेसम्म मतपरिणाम आउने

काठमाडौं, कात्तिक १: गैरआवासीय नेपाली संघ (एनआरएनए)को बिहीबार सम्पन्न निर्वाचनमा ८ सय ८० मतगणना भएकाे छ । जसमा अध्यक्षका प्रत्यासी कुमार पन्तले ७....

कुमार पन्तकाे ७० मतकाे अग्रता, १० बजेसम्म मतपरिणाम आउने
काठमाडौँ प्रेस

काठमाडौं, कात्तिक १: गैरआवासीय नेपाली संघ (एनआरएनए)को बिहीबार सम्पन्न निर्वाचनमा ८ सय ८० मतगणना भएकाे छ । जसमा अध्यक्षका प्रत्यासी कुमार पन्तले ७० मतले अग्रता लिएका छन् । 

निर्वाचन समितिले औपचारिक रुपमा मतपरिणाम सार्वजनिक गरेकाे छैन । आज विहान १० बजेसम्म सवै मतपरिणाम सार्वजनिक गर्ने तयारी भएकाे समितिले जनाएकाे छ । 

अहिलेसम्मकाे गणनाअनुसार अध्यक्षका प्रत्यासी कुल आचार्यले ४ सय ५ मत ल्याएका छन् भने पन्तले ४ सय ७५ मत ल्याएका छन् । अहिलेसम्म ४० प्रतिशत मतगणना सम्पन्न भएकाे छ । विहिवार राती अवेरबाट मतगणना सुरु भएकाे थियाे । 

कुल दुई हजार ५७० मतदातामध्ये करिब २३० मतदानको बेला अनुपस्थित रहेका थिए । 

बिहान १० बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजेसम्म तोकिएपनि साँझ करिब ६ बजेमात्रै सकिएको थियो ।

कुल ४२ पदका लागि भएको निर्वाचनमा ७५ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये केही पद निर्विरोध भएका छन् ।

अष्ट्रेलियासहित ओसेनिया क्षेत्रबाट २११, अफ्रिकाबाट १६, एसिया प्यासिफिकबाट ४६२, मध्यपूर्वबाट ४७०, युरोपबाट ९२० र अमेरिका क्षेत्रबाट २६१ मत खसेको छ ।

प्रकाशित मिति: ०७:४० बजे, शुक्रबार, कात्तिक १, २०७६