Kathmandu Press

दाङमा दुई हजार ४१२ जनाको मनोनयन

घोराही, वैशाख १४ : प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले उम्मेदवारको अलमलका कारण नामावली प्रकाशनमा ढिलाइ भएको जनाएको छ ।  सोमबार नै नामावली प्रकाशन...
दाङमा दुई हजार ४१२ जनाको मनोनयन

घोराही, वैशाख १४ : प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले उम्मेदवारको अलमलका कारण नामावली प्रकाशनमा ढिलाइ भएको जनाएको छ ।  सोमबार नै नामावली प्रकाशन गर्नुपर्ने भए पनि प्रमुख राजनीतिक दलहरुले अबेरसम्म उम्मेदवारी दर्ता गराउन अलमल गर्दा मङ्गलबार बिहानसम्म दल दर्ता भएको निस्सा दिन समय लागेकोे मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।

निर्वाचनको मनोनयन दर्ता भएपछि जिल्लाका दशवटा पालिकामा ५२० जना प्रतिनिधि चयनका लागि निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार दुई हजार ४१२ जनाको उम्मेदवारी परेको छ । जिल्लाका १० पालिका र एक सय वडामा ५२० प्रतिनिधि चयनका लागि दुई हजार ४१२ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जनाएको छ । दाङमा २९ वटा दलले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन्न् । प्रमुखमा केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यसैगरी वडा अध्यक्ष र सदस्यमा धेरैले स्वतन्त्र अर्थात बागी उम्मेदवारी दर्ता गराएका छन् । 

लुम्बिनी प्रदेश निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाको घोराही उपमहानगरपालिकामा प्रमुख पदका लागि १५, उपप्रमुख पदका लागि ८, वडाध्यक्ष पदका लागि १०८, सदस्य पदका लागि १६१ महिला सदस्य पदका लागि ७८ र दलित महिला सदस्यका लागि ७० गरी कूल ४४० जनाको उम्मेदवारी परेको छ ।

Hardik ivf

 तुलसीपुर उपमहानगरपालिकामा प्रमुख पदका लागि १२, उपप्रमुख पदका लागि नौ, वडाध्यक्ष पदका लागि १२३, सदस्यका लागि २०८, महिला सदस्यका लागि ९८ र महिला दलित सदस्यका लागि ८२ गरी कूल ५३२ जनाको उम्मेदवारी परेको छ । जिल्लाको लमही नगरपालिकाको प्रमुख पदका लागि ८, उपप्रमुख पदका लागि ८, वडाध्यक्ष पदका लागि ५२, सदस्यका लागि ९१, महिला सदस्यका लागि ४५ र महिला दलित सदस्यका लागि ३८ गरी कूल २४२ जनाको उम्मेदवारी परेको छ । 

 जिल्लाको दङ्गीशरण गाउँपालिकाको अध्यक्ष पदका लागि १०, उपाध्यक्ष पदका लागि ६, वडाध्यक्ष पदका लागि ३८, सदस्यका लागि ५७, महिला सदस्यका लागि २७ र महिला दलित सदस्यका लागि २४ गरी कूल १६२ जनाको उम्मेदवारी परेको छ ।
 
गढवामा अध्यक्ष पदका लागि ९, उपाध्यक्ष पदका लागि ८, वडाध्यक्ष पदका लागि ४२, सदस्य पदका लागि ७४, महिला सदस्य पदका लागि ३१ र दलित महिला सदस्य पदका लागि ३१ गरी कूल १९५ जनाको उम्मेदवारी परेको छ । जिल्लाको बङ्गलाचुली गाउँपालिकामा अध्यक्ष पदका लागि ४, उपाध्यक्ष पदका लागि ४, वडाध्यक्ष पदका लागि २३, सदस्य पदका लागि ४२, महिला सदस्यका लागि २१ र महिला दलित सदस्यका लागि २१ गरी कूल ११५ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

 बबई गाउँपालिकाको अध्यक्ष पदका लागि ७, उपाध्यक्ष पदका लागि ६, वडाध्यक्ष पदका लागि ४०, सदस्यका लागि ५८, महिला सदस्यका लागि २६ र महिला दलित सदस्यका लागि २० गरी कूल १५७ जनाको उम्मेदवारी परेको छ । राजपुर गाउँपालिकाको अध्यक्ष पदका लागि ७, उपाध्यक्ष पदका लागि ६, वडाध्यक्ष पदका लागि ४०, सदस्यका लागि ६९, महिला सदस्यका लागि ३४ र महिला दलित सदस्यका लागि ३२ गरी कूल १८८ जनाको उम्मेदवारी परेको छ ।

 राप्ती गाउँपालिकाको अध्यक्ष पदका लागि ८, उपाध्यक्ष पदका लागि ६, वडाध्यक्ष पदका लागि ५०, सदस्यका लागि ८९, महिला सदस्यका लागि ४१ र महिला दलित सदस्यका लागि ३९ गरी कूल २३३ जनाको उम्मेदवारी परेको छ । शान्तिनगर गाउँपालिकाको अध्यक्ष पदका लागि ७, उपाध्यक्ष पदका लागि ४, वडाध्यक्ष पदका लागि ३५, सदस्यका लागि ५४, महिला सदस्यका लागि २७ र महिला दलित सदस्यका लागि २१ गरी कूल १४८ जनाको उम्मेदवारी परेको छ । 

समग्रमा जिल्लाभरबाट तहगत पदमा सबैभन्दा धेरै सदस्य पदमा उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत थापाले बताउनुभयो । उहाँका अनुसार, दश वटै पालिकामा प्रमुख वा अध्यक्ष पदमा कूल ८७ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुख वा उपाध्यक्ष पदमा ६५ जनाको उम्मेदवारी परेको छ ।

 यसैगरी, वडाध्यक्ष पदमा ५५१, सदस्यमा ९०३, महिला सदस्यमा ४२८ र दलित महिला सदस्यमा ३७८ जनाको उम्मेदवारी परेको छ । आयोगको कार्यतालिका अनुसार मङ्गलबार उम्मेदवारी मनोनयन दर्ता गराएकाको विरोधमा उजुरी दिने समय तोकिएको थियो । आयोगले वैशाख १४ र १५ गते मनोनयनपत्र जाँचबुझ गर्ने र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्नेछ।

प्रकाशित मिति: १७:०४ बजे, बुधबार, वैशाख १४, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्