'कब्बडी : द फाइनल म्याच'काे ट्रेलर रिलिज, होला त काजीको बिहे?
काठमाडाैं, वैशाख १४ : बहुप्रतीक्षित चलचित्र ‘कब्बडी द फाइनल म्याच’को ट्रेलर रिलिज भएको छ।ट्रेलर रिलिजसँगै चलचित्र जेठ १३ गतेबाट देशभर लाग्ने घोषणा गरिएको छ।...
काठमाडाैं, वैशाख १४ : बहुप्रतीक्षित चलचित्र ‘कब्बडी द फाइनल म्याच’को ट्रेलर रिलिज भएको छ।
ट्रेलर रिलिजसँगै चलचित्र जेठ १३ गतेबाट देशभर लाग्ने घोषणा गरिएको छ। याे चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाललगायत कलाकारको अभिनय रहेकाे छ।
ट्रेलरमा सानु काजीको भूमिका रहेका दयाहाङको विवाह हुनेनहुने विषयमा रुमलिएको छ। प्रेममा पटकपटक धोका खाएपछि लामा बन्न हिँडेका काजीको जीवनमा प्रवेश गर्ने नयाँ पात्र मिरूना र सौगात मल्ल (बम काजीको) भूमिकाले ल्याउने तरंगमा याे चलचित्र केन्द्रित देखिन्छ।
रामबाबु गुरुङको निर्देशनमा बनेको कबड्डी चलचित्रका यसअघिका शृंखला दर्शकले निकै रुचाएका थिए। सिरिज चलचित्रमा कबड्डी एक सफल नेपाली चलचित्रका रूपमा स्थापित छ।
यसपटक काजीको बिहे हाेला त? यसबारे ट्रेलरले केही नबाेले पनि हलमा चलचित्र रिलिजपछि पक्कै थाहा हुनेछ।












