Kathmandu Press

हरर–कमेडी चलचित्र ‘भूल भूलैया–२’ को ट्रेलर रिलिज 

काठमाडौं, बैशाख १३ : कार्तिक आर्यन, कियारा अड्वानी र तब्बुको प्रमुख भूमिका रहेको ‘भूल भूलैया–२’ चलचित्रको ट्रेलर रिलिज भएको छ । तीन मिनेट १२...
हरर–कमेडी चलचित्र ‘भूल भूलैया–२’ को ट्रेलर रिलिज 

काठमाडौं, बैशाख १३ : कार्तिक आर्यन, कियारा अड्वानी र तब्बुको प्रमुख भूमिका रहेको ‘भूल भूलैया–२’ चलचित्रको ट्रेलर रिलिज भएको छ । तीन मिनेट १२ सेकेन्डको ट्रेलरमा हरर र कमेडीको भरपूर मिश्रण पाइन्छ । 

हरर कमेडी जानरा बनेको यस चलचित्र भूल भूल्याको सिक्वेल हो ।  भूल भूलैयाको  सफलता पछि सिक्वेल बनेको हो । उक्त चलचित्र मलमय चलचित्र मनिचित्रथाजुको रिमेक भर्सजन हो, जसलाई प्रियदर्शनले निर्देशन गरेका थिए । 

Hardik ivf

भूल भूलैया– २ चलचित्रको निर्देशक अनिस बाजमिले गरेका छन् भने, फरहाद सम्जी र आकाश कौसिकको लेखन रहेको छ । चलचित्रलाई भुषण कुमार, मुराद खेतानी र कृष्ण कुमारले  निर्माण गरेका हुन् । चलचित्र यही मे २० बाट  सिनेमा हलमा रिलिज हुँदैछ ।

बढ्दो साउथ इन्डियन फिल्मको क्रेजमा भूल भुलैयालाई बलिउडको साख फर्काउन सक्ने चलचित्रको रुपमा हेरिएको छ । 

प्रकाशित मिति: १९:०९ बजे, मंगलबार, वैशाख १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्