Kathmandu Press

अग्रणी महिला अधिकारकर्मीहरु सम्मानित

काठमाडौं, असोज ३० : महिला अधिकारको क्षेत्रमा योगदान पुर्‍याउने तीन जना अग्रणी महिला अधिकारकर्मीहरु सम्मानित भएका छन्।

बेइजिङ प्लस समिक्ष....

अग्रणी महिला अधिकारकर्मीहरु सम्मानित

काठमाडौं, असोज ३० : महिला अधिकारको क्षेत्रमा योगदान पुर्‍याउने तीन जना अग्रणी महिला अधिकारकर्मीहरु सम्मानित भएका छन्।

बेइजिङ प्लस समिक्षाका लागि राष्ट्रिय सञ्जाल नेपाल (एनएनबीएन) ले महिला अधिकारकर्मी चन्द्रा घिमिरे, डा. बिना प्रधान र महिला उद्यमी अम्बिका श्रेष्ठलाई सम्मान गरेको हो।

उनीहरुले महिला अधिकार, शसक्तिकरण लगायतका क्षेत्रमा योगदान पु¥याउर्दै आएका छन्। आफ्ना क्षेत्रमा उत्कृष्ट महिला अधिकारकर्मीहरुलाई सम्मान गरिएको महिला कानुन र बिकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले बताए।

बेइजिङमा भएको चौथो विश्व महिला सम्मेलन समिक्षाका लागि आयोजना गरिएको कार्यक्रममा महिला बालबलिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले तिनैजनालाई दोसल्ला ओडाएर सम्मान पत्र सहित सम्मान गरेकी थिइन्।

 
 

प्रकाशित मिति: १६:२३ बजे, बिहीबार, असोज ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्