Kathmandu Press

नेपाली फिल्म ‘हल्कारा’लाई अन्तर्राष्ट्रिय उपाधि, महेश भए– सर्वोत्कृष्ट अभिनेता

काठमाडौं, वैशाख १३ : संसारकै सबैभन्दा पुरानो इन्डी चलचित्र महोत्सव आइतबार (अप्रिल २४)मा अमेरिकामा सम्पन्न भयो । ‘हल्कारा’ (द पोस्टम्यान) नामक नेपाली फिल्म यस...
नेपाली फिल्म ‘हल्कारा’लाई अन्तर्राष्ट्रिय उपाधि, महेश भए– सर्वोत्कृष्ट अभिनेता

काठमाडौं, वैशाख १३ : संसारकै सबैभन्दा पुरानो इन्डी चलचित्र महोत्सव आइतबार (अप्रिल २४)मा अमेरिकामा सम्पन्न भयो । ‘हल्कारा’ (द पोस्टम्यान) नामक नेपाली फिल्म यस वर्ष यस महोत्सवका लागि छनोट मात्र भएन, तीन शीर्ष उपाधि समेत हात पारेको छ।

यस फिल्मका अभिनेता महेश त्रिपाठीले ‘सर्वोत्कृष्ट अभिनेता’ उपाधि जितेका छन् । त्यस्तै, यस फिल्मले ‘बेस्ट सिनेमेट्रोग्राफी’ र ‘बेस्ट फरेन फिल्म ल्याङग्वेज’ विधाको उपाधि समेत हात पारेको छ । आयोजकले आफ्नो आधिकारिक फेसबुक पेज ‘ वर्ल्ड फेस्ट हस्टन’मार्फत यस फिल्म र फिल्मका अभिनेता त्रिपाठीलाई बधाई दिएको छ । सोही पेजलाई आफ्नो फेसबुकमा सेयर गर्दै महेशले लेखेका छन्– गुड न्युज । 

Hardik ivf

यो खबर सुन्नेबित्तिकै खुसीका कारण आफूले केही समय केही सोच्नै नसकेको त्रिपाठीले काठमाडौं प्रेसलाई बताए । ‘आफूभन्दा अग्रज र साथीभाइबाट प्रशंसा पाइरहेको छु,’ महेशले फोनमार्फत भने, ‘अग्रजबाट आफ्नो कामको प्रशंसा हुँदा केही भावुक भइँदो रहेछ ।’

‘हल्कारा’मा नेपालको ग्रामीण परिवेश, एक बेरोजगार अनि रक्स्याहा युवालाई आइपर्ने एक जिम्मेवारीको कथा उतारिएको उनले बताए । उनी हल्काराका मुख्य पात्र हुन् । ‘मेन रोलमा खेलेको यही मेरो पहिलो फिल्म हो । अभिनय क्षेत्रमा लाग्दा पहिले कसैले कुनै रोल दिए हुन्थ्यो जस्तो लाग्थ्यो,’ उनले भने ।

यस उपाधिले आफूलाई आगामी दिनका लागि थप ऊर्जा मिलेको उनी बताउँछन् । ‘नेपाली चलचित्र यति राम्रो प्ल्याटफर्ममा जानु, पहिचान बनाउनु नै ठूलो प्राप्ति हो,’ उनी भन्छन्, ‘मेरो व्यक्तिगत अभिनय यात्रा १३–१४ वर्षअघि सुरु भएको थियो । अभिनय क्षेत्रमा केही गर्छु भनेर लागेको थिएँ । आज यसरी प्रतिफल पाउँदा थप ऊर्जा मिलेको छ । अझ राम्रो गर्ने प्रयास रहनेछ ।’ 

प्रकाशित मिति: १७:५१ बजे, मंगलबार, वैशाख १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्