Kathmandu Press

फोटो पत्रकारका दुःख फोटोबाटै 

फोटोमा विभिन्न राजनीतिक आन्दोलन, प्राकृतिक विपत्ति र महामारीका समयमा फोटो खिच्ने क्रममा फोटो पत्रकारका जोखिम र सास्तीलाई देखाइएकाे छ।  
फोटो पत्रकारका दुःख फोटोबाटै 

काठमाडौं, वैशाख १३ : ९५ औं फोटो पत्रकारिता दिवसका अवसरमा बसन्तुरमा फोटो प्रदर्शनी गरिएको छ। फोटो पत्रकार क्लब नेपालले  आयोजना गरेको फोटो प्रदर्शनीमा फोटो पत्रकारहरुले फोटो पत्रकारिता गर्दा भोग्नु परेका चुनौती र जोखिम झल्काउने ३० वटा फोटा राखिएको छ।

फोटोमा विभिन्न राजनीतिक आन्दोलन, प्राकृतिक विपत्ति र महामारीका समयमा फोटो खिच्ने क्रममा फोटो पत्रकारका जोखिम र सास्तीलाई देखाइएकाे छ।

Hardik ivf

 फोटो प्रदर्शनीको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सयुक्त रुपमा उद्घाटन गरेका थिए।

उद्घाटन कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले फोटो पत्रकारहरुको सुरक्षालाई काउन्सिलले उच्च प्राथिमकतामा राख्ने र जोखिम न्यूनिकरणका लागि क्लबसँगको सहकार्य गर्दै काम गर्ने बताए।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेललेपत्रकारिता पेशालाई सुरक्षित बनाउन सरकारले बनाउने कानुन प्रेसमैत्री हुनुपर्नेमा जोड दिए।

 

 

 

 

 

 

 

प्रकाशित मिति: १४:३४ बजे, मंगलबार, वैशाख १३, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्