Kathmandu Press

तस्बिरमा सेतो मच्छिन्द्रनाथको रथ निर्माण

काठमाडौं, वैशाख १२ : वर्षा र सहकालमा देवता रातो मच्छिन्द्रनाथका रथ निर्माण तीव्र रुपमा हुन थालेको छ । घःमा चित्राङकन गर्ने, रथको तल्ला थप...
तस्बिरमा सेतो मच्छिन्द्रनाथको रथ निर्माण

काठमाडौं, वैशाख १२ : वर्षा र सहकालमा देवता रातो मच्छिन्द्रनाथका रथ निर्माण तीव्र रुपमा हुन थालेको छ । 

घःमा चित्राङकन गर्ने, रथको तल्ला थप गर्ने देखि रथमा पाङग्रा राख्ने जस्ता कार्यले तीव्रता पाउन थालेको छ । रथ निर्माणको काम बाराही र वेदु गरी नेवार समुदायका दुई जातिले आलोपालो गर्ने गरेका छन् । 

रथका चारवटा पाङग्रा राख्ने कामले पनि पूर्णता पाएको छ । चार पाङग्रालाई भैरवको प्रतिमाको रुपमा मान्ने गरिएको बाराही दं गुठीका नाइके दिल बहादुर बाराही बताउँछन् ।

Hardik ivf

लुभु भैरव, हरिसिद्धी भैरव, टीका भैरव र इखालुख भैरव गरी चार भैरवको प्रतिमाको रुपमा लिइन्छ । भने, रथका वटा पाङग्रामा  तीन तीन वटा आँखा पनि कोरिन्छ । कोरिएका आँखालाई भैरवका आँखा मानिन्छ ।

जनविश्वास अनुसार, बुङमतिबाट यी नै चार भैरवले मच्छिन्द्रनाथको रथलाई पाटन बोकेर ल्याएको मान्यता रहेको नाइके दिल बहादुर बाराही बताउँछन् । 

रातो मच्छिन्द्रनाथको रथारोहण यही वैशाख १८ गते हुनेछ ।  भने रथ जात्रा भने वैशाख २१ गतेबाट सुरु हुनेछ । सेतो मन्च्छिन्द्रनाथको जात्रा नेपालभरमा मनाइने सबैभन्दा लामो जात्रा हो । 

प्रकाशित मिति: २१:१५ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्