Kathmandu Press

मनोनयन दर्ताका लागि राष्ट्रिय सभागृहमा उम्मेदवारको भिड

सोमबार मध्याह्न काठमाडौं महानगरमा एमालेतर्फका मेयरका उम्मेदवार केशव स्थापित र उपमेयरकी उम्मेदवार सुनिता डंगोलले मनोनयन दर्ता गराएका छन्। 
मनोनयन दर्ताका लागि राष्ट्रिय सभागृहमा उम्मेदवारको भिड

काठमाडौं, वैशाख १२ :  स्थानीय तहको निर्वाचनका लागि आज मनोनयन दर्ताको अन्तिम दिन हो। मनोनयन दर्ताका लागि राष्ट्रिय सभागृहमा उम्मेदवारको उपस्थिती बाक्लिएको छ। 

काठमाडौंको मनोनयन दर्ताका लागि राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय राखिएको छ। सोमबार मध्याह्न काठमाडौं महानगरमा एमालेतर्फका मेयरका उम्मेदवार केशव स्थापित र उपमेयरकी उम्मेदवार सुनिता डंगोलले मनोनयन दर्ता गराएका छन्। 

त्यस्तै राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठ पनि मनोनयन दर्ताका लागि सभागृह पुगिसकेका छन्।

उम्मेदवारहरूले साँझ ५ बजेसम्म मनाेनयन दर्ता गरिसक्नुपर्नेछ।  

तस्बिरहरु : 

 

 

 

 

प्रकाशित मिति: १३:५५ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्