Kathmandu Press

विप्लवका दाजु वीरजङ्गसहित २१ नेता पक्राउ

दाङ, असोज ३० : नेत्रविक्रम चन्द ‘विप्लव’का दाइसहित नेकपाका २१ नेता तथा कार्यकर्ता दाङमा पक्राउ परेका छन्।

गए राति नेपाल–भा....

विप्लवका दाजु वीरजङ्गसहित २१ नेता पक्राउ
फाइल फोटो

दाङ, असोज ३० : नेत्रविक्रम चन्द ‘विप्लव’का दाइसहित नेकपाका २१ नेता तथा कार्यकर्ता दाङमा पक्राउ परेका छन्।

गए राति नेपाल–भारत सीमा क्षेत्र राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट विप्लवका दाइ चन्द्रबहादुर चन्द 'वीरजङ्ग' सहित २१ नेता तथा कार्यकर्ता पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, उनीहरुलाई राति १ बजे पक्राउ गरिएको हो।

विप्लवका दाइ वीरजङ्ग नेकपाको मध्यपश्चिम कमाण्ड इन्चार्ज रहेका छन्। उनकै नेतृत्वका बैठक बसिरहेका प्रहरीले जनाएको छ।

नेपाल–भारत सीमा क्षेत्रको जंगलमा बैठक बसिरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन भएको थियो। प्रहरी टोली पुगेपछि उनीहरू भाग्न खोजेका थिए। तर, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएकाले वीरजङ्गसहित २१ नेता तथा कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विप्लवका दाइ वीरजङ्गबाहेक केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुवास बाठा, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्ता रहेको जनाएको छ। उनीहरूको नाम सार्वजनिक गरिएको छैन।

आज पत्रकार सम्मेनल गरेर सबैको नाम सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १०:२१ बजे, बिहीबार, असोज ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्