Kathmandu Press

मध्यरातमा हायात हाेटलमा ताेडफाेड, स्थगित मतदान अहिले १० बजेबाट सुुरु हुने 

काठमाडौं, असाेज ३०:  गैरआवासीय नेपाली संघ (एनआरएनए) काे सदस्यहरुले हायात हाेटलका कुर्ची ताेडफाेड गरेर क्षति पुर्याएका छन् । 

बुधवा....

मध्यरातमा हायात हाेटलमा ताेडफाेड, स्थगित मतदान अहिले १० बजेबाट सुुरु हुने 
फाइल फोटो
Hardik ivfHardik ivf

काठमाडौं, असाेज ३०:  गैरआवासीय नेपाली संघ (एनआरएनए) काे सदस्यहरुले हायात हाेटलका कुर्ची ताेडफाेड गरेर क्षति पुर्याएका छन् । 

बुधवार मध्यरातमा एनआरएनएका सदस्यहरुले पाँच तारे हाेटल हायातकाे परिसरमा आक्रमण गरेर ताेडफाेड गरेका हुन् । हाेटल व्यवस्थापनले एनआरएनएलाई क्षतिपूर्ति दिन माग गरेकाे छ । हाेटलका सयौं कुर्ची र सिसा तथा बारहरुमा ताेडफाेड भएकाेले क्षतिपूर्ति दिन माग गरिएको छ । 

यता बुधवारनै साँझ ५ देखि ८ बजेसम्म मतदान हुने भनिए तापनि विद्युतीय मेसिनमा समस्या आएपछि राती अवेरसम्म मतदान हुने कि नहुने अन्याेलता थियाे । साेही क्रममा आक्राेसित एनआरएनएका सदस्यहरु नारावाजीसहित ताेडफाेडमा उत्रिएका थिए । 

आक्रमणमा उत्रिएपछि प्रहरीले लाठीचार्ज समेत गरेकाे थियाे । विद्युतीय मेसिनमा हुने भनिएको चुनाव अब कागजकाे मतपत्रमा हुने भएको छ । आज विहान १० बजेबाट मतदान हुने निर्वाचन आयाेगले जनाएकाे छ ।

नयाँ नेतृत्वका लागि कुल आचार्य र कुमार पन्त प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।

राजधानीमा मंगलबारदेखि सुरु भएको नवौं विश्व सम्मेलनले बुधबार नयाँ कार्यसमिति चयनका लागि चुनाव हुने कार्यतालिका थियो ।
यसपटकको निर्वाचनमा बढी राजनीति हावी भएको भन्दै संस्थापक अध्यक्ष उपेन्द्र महतोले असन्तुष्टी जनाउँदै सम्मेलन बहिस्कार गरेका थिए ।

प्रकाशित मिति: ०८:३८ बजे, बिहीबार, असोज ३०, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्