राष्ट्र बैङ्कको प्रतिवेदन : १ करोड ८० लाख नेपालीको बैङ्क खाता
काठमाडौं, असोज २९ : राष्ट्र बैंकले गरेको एक अध्ययनले १ करोड ८० लाख नेपालीको बैंक खाता रहेको देखिएको छ।
बुधबार राष्ट्र बैकले सार्वजनिक ....
काठमाडौं, असोज २९ : राष्ट्र बैंकले गरेको एक अध्ययनले १ करोड ८० लाख नेपालीको बैंक खाता रहेको देखिएको छ।
बुधबार राष्ट्र बैकले सार्वजनिक गरेको प्रतिवेदनले जसंख्याको ६० प्रतिशत नेपालीको बैंक खाता रहेको देखाएको छ।
नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक डा.गुणाकर भट्टका अनुसार नेपालमा कम्तीमा ६०.९ प्रतिशत जनसंख्यामा बैंकिङ्ग पहुँच पुगेको उक्त अध्यननले देखाएको छ।
वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा रहेका नेपालीको तीनपुस्ते विवरणलाई विश्लेषण गरी एक व्यक्तिको एक भन्दा बढी रहेका खाताहरुलाई घटाएर अध्ययन गरिएको कार्यकारी निर्देशक भट्टले जानकारी दिए । लघुवित्त वित्तिय संस्था र बचत तथा ऋण सहकारीबाट सेवा प्राप्त गर्ने जनसंख्यालाई समावेश गर्दा पहुँचको अवस्था अझै बढ्ने भट्टको दावी छ।
एक वर्षको अवधिमा मात्र बैंक तथा वित्तीय संस्थाका २ हजार भन्दा बढी शाखा थपिएको अध्ययनले प्रतिवेदनमा उल्लेख गरिएको छ । कुल ७५३ स्थानीय तहहरुमध्ये ७३९ तहहरुमा वाणिज्य बैंकहरुको शाखा पुगिसकेको समेत अध्ययनमा प्रतिवेदनमा जनाइएको छ।
यसैगरी प्रतिबैंक शाखा जनसंख्या उल्लेख्य रुपले घट्दै गएको छ भने कुल जनसंख्याको हाराहारीमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप खाता संख्या पुग्ने अवस्थामा छ । यी सवै अध्ययनहरुले नेपालमा वित्तीय पहुँच बढ्दै गएको देखाएको कार्यकारी निर्देशक भट्टले बताए।
बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने नीति अवलम्वन गर्न थालिए यताको करिव एक दशकको अवधिमा वैक तथा वित्तिय संस्थाहरुको संख्या घट्दै गएको छ।
२०७१ असारमा बैंक तथा वित्तीय संस्थाहरुको संख्या २ सय ४ रहेकोमा २०७५ असारमा १ सय ५१ मा झरेको छ । केही नयाँ लघुवित्तीय संस्थाहरुको इजाजत थपिएकोले २०७६ साउनमा १ सय ७१ पुगेको हो।
पछिल्ला वर्षहरुमा बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार तीव्र गतिमा भइरहेको छ । विगत ४ वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या दोब्बर भई २०७६ साउनमा ८८०५ पुगेको छ । २०७५ असारमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ६६५० रहेको थियो।











![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)
