मिर्गौला बिक्री गरेको आरोपमा निदान अस्पतालका प्रमुखसहित पाँच पक्राउ
काठमाडौं, असोज २९ : मृगौला बिक्रि गरेको आरोपमा ललितपुरस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सहित ५ जना पक्राउ परेका छन्।
<....
काठमाडौं, असोज २९ : मृगौला बिक्रि गरेको आरोपमा ललितपुरस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सहित ५ जना पक्राउ परेका छन्।
पुल्चोकमा रहेको उक्त अस्पतालले मृगौला बिक्रि गराएको आरोपमा प्रमुख कार्यकारी अधिकृत विपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, निर्देशक डा. राजेश पन्त, मृगौला लिने विरामी शंकरलाल लामा र ललितपुर जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आलेलाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरुलाई एक व्यक्तिको नाममा अर्कैको मृगौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले पक्राउ गरेको हो ।
प्रकाशित मिति: १६:४८ बजे, बुधबार, असोज २९, २०७६
थप समाचार






