Kathmandu Press

महामारीपछि पहिलो पटक भौतिक उपस्थितिमै एसईई परीक्षा

कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरे पनि यस वर्ष सामान्य स्वाथ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको हो । 
महामारीपछि पहिलो पटक भौतिक उपस्थितिमै एसईई परीक्षा

काठमाडौं, वैशाख ९ : शुक्रबारदेखि देशभर माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु भएको छ। परीक्षा आज बिहान ८ बजेबाट सुरू भएको हो।

कोरोना महामारीका कारण शैक्षिकसत्र  २०७६ र २०७७ मा विद्यालयको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरे पनि यस वर्ष भने सामान्य स्वाथ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै बोर्डले परीक्षा सञ्चालन गरेको हो । 

Hardik ivf

यस वर्ष देशभरका ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार ९१४ र छात्रा दुई लाख ५७ हजार ५३ गरी कूल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी सहभागी छन्।

एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट २९ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ।

दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी सहभागी छन्। यस वर्षको एसइईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी भएका छन्।

प्रकाशित मिति: ११:१४ बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्