Kathmandu Press

विवाह बन्धनमा बाँधिइन् नायिका केकी, फेसबुकबाटै मागिन् आशीर्वाद 

काठमाडौं, वैशाख ८ : नायिका केकी अधिकारी विवाह गरेकी छन्। अधिकारीले आफ्नो फेसबुकमा एक स्टाट्स सहित विवाहका तस्बिरहरु सेयर गरेकी छिन् ।उनले ब्यवसायी...
विवाह बन्धनमा बाँधिइन् नायिका केकी, फेसबुकबाटै मागिन् आशीर्वाद 
तस्बिर : अधिकारीको फेसबुकबाट

काठमाडौं, वैशाख ८ : नायिका केकी अधिकारी विवाह गरेकी छन्। अधिकारीले आफ्नो फेसबुकमा एक स्टाट्स सहित विवाहका तस्बिरहरु सेयर गरेकी छिन् ।

उनले ब्यवसायी समेत रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् ।

उनले लेखेकी छिन्, ‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनु भएको माया, सद्भाव र समर्थन प्रति हार्दिक आभारी छु। कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाढ्न पाउदा अत्यन्तै हर्षित छु। जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन साथीले  उपहार स्वरूव यहाँहरूको आशीर्वादको अपेक्षा गरेका छौँ। यहाँहरूको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विस्वस्त छौँ ’

उनले बुधबार नै विवाह गरेको हल्ला चलाईएतापनि हिजो मेहेन्दी मात्र गरेकी अधिकारीले आज विवाह गरेकी हुन् । 

प्रकाशित मिति: १९:४१ बजे, बिहीबार, वैशाख ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्