Kathmandu Press

अभिनेत्री करिश्माले फेसबुककाे नाममा थपिन् 'सूर्यकुमारी'

काठमाडौं, वैशाख ८ : अभिनेत्री करिश्मा मानन्धरको भेरिफाइड फेसबुक एकाउन्टमा आफ्नो नाममा सूर्यकुमारी थपेकी छन्।उनले आफ्नो अंग्रेजीमा लेखिएको करिश्मा मानन्धर नामसँगै कोष्ठकमा देवनागरी लिपिमा...
अभिनेत्री करिश्माले फेसबुककाे नाममा थपिन् 'सूर्यकुमारी'

काठमाडौं, वैशाख ८ : अभिनेत्री करिश्मा मानन्धरको भेरिफाइड फेसबुक एकाउन्टमा आफ्नो नाममा सूर्यकुमारी थपेकी छन्।

उनले आफ्नो अंग्रेजीमा लेखिएको करिश्मा मानन्धर नामसँगै कोष्ठकमा देवनागरी लिपिमा ‘सूर्यकुमारी’ थपेकी हुन् ।

गत चैत ८ गते उनीे एमालेमा प्रवेश गरेकी थिइन्। एमाले पाटीमा प्रवेशयता उनी आफ्नो न्वारानको नाम सूर्यकुमारीबाट चर्चामा रहेकी छन् ।      

Hardik ivf

डा. बाबुराम भट्टराईले तत्कालीन नेकपा माओवादीबाट विभाजित भई नयाँ शक्ति नेपालमा करिश्मा पनि आबद्ध भएकी थिइन्। तर डा. भट्टराईले तत्कालीन संघीय समाजवादी पार्टीमा नयाँ शक्ति नेपाललाई मिलाएपछि उनी निष्क्रय रहँदै आएकी थिइन्।

एमाले अध्यक्ष ओलीलाई भेटेको समाचार आएपछि उनी सोही पार्टीमा प्रवेश गर्न लागेको व्यापक चर्चा चलेको थियो। अन्ततः त्यो हल्ला सही साबित हुन पुग्यो।

पाटी प्रवेशपछि कपिलवस्तुमा दिएको एक भाषणमा उनले आफ्नो न्वारानको नाम सूर्यकुमारी भएको बताएकी थिइन्।

एमालेको चुनाव चिह्न सूर्य भएकाले पार्टीमा आफ्नो न्वारानको नाम अघि सारेर नेताकार्यकर्ताको ध्यान खिच्न सक्ने हेतुले सो नामको चर्चा गरेकी उनलाई ‘आफ्नो बोली आफैंलाई भारी’ जस्तो पनि हुने पुगेको छ। किनकि हिजोआज कतिपयले उनलाई करिश्मा भन्दा पनि सूर्यकुमारी भनेर उल्याउने गरेका छन्।

तर काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भन्ने लागेर होला उनले ३ लाख ६७ हजार फलोअर्स रहेको आफ्नो आधिकारिक फेसबुक पेजको नाममा सूर्यकुमारी पनि थपेकी हुन्।  

 

प्रकाशित मिति: १६:१८ बजे, बिहीबार, वैशाख ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्