Kathmandu Press

तस्बिरमा ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोट क्षेत्र

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोटले ठुलो क्षति भएको छ।आज (बिहीबार) अक्सिजन ग्यास भर्ने क्रममा बिहान १० बजेको हाराहारीमा सिलिन्डर...
तस्बिरमा ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोट क्षेत्र

ललितपुर, वैशाख ८ : ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोटले ठुलो क्षति भएको छ।

आज (बिहीबार) अक्सिजन ग्यास भर्ने क्रममा बिहान १० बजेको हाराहारीमा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

Hardik ivf

बिस्फोटका कारण अक्सिजन प्लान्ट पूर्ण रुपमा ध्वस्त भएको छ भने नजिकका घरहरुमा समेत क्षति पुगेको छ। महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धीविक्रम शाहले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

घटनापछि उद्योगमन्त्री दिलेन्द्र बडुले स्थलगत अवलोकनका क्रममा घटनाप्रति दुःख व्यक्त गर्दै मृतक र घाइतेका परिवारलाई भेट्ने र सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्।

गृहमन्त्री बालकृष्ण खाँणले पनि अक्सिजन प्लान्ट विस्फोट घटनाको छानबिन गर्न निर्देशन दिएका छन्। 

घटनास्थलमा पुगेका ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले घटनास्थलको अवस्था निकै भयावह देखिएको बताए।

 

प्रकाशित मिति: १४:२५ बजे, बिहीबार, वैशाख ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्