२५ औं साउथ एसिया फिल्म फेस्टिबल शुरु
काठमाडौं, बैशाख ७ : २५ औँ साउथ एसिया फिल्म (एफएसए) फेस्टिबल बुधबार (आज) बाट सुरू भएको छ । यस चलचित्र महोत्सवमा साउथ एसियाका ८...
काठमाडौं, बैशाख ७ : २५ औँ साउथ एसिया फिल्म (एफएसए) फेस्टिबल बुधबार (आज) बाट सुरू भएको छ ।
यस चलचित्र महोत्सवमा साउथ एसियाका ८ देशका ७१ वटा चलचित्र देखाइने कार्यक्रम संयोजक पावस मानन्धरले बताए । औपचारिक कार्यक्रमसँगै सुरु भएको कार्यक्रम अप्रिल २४ (चार दिन) सम्म चल्नेछ ।
यल माया केन्द्र र पाटन विद्यालय गरी दुई अडिटेरियम हल महोत्सवका चलचित्र प्रदर्शनी हुनेछन् । दुई वर्षको एक पटक हुने यस बिनाले महोत्सवको सुरुवात सन् १९९७ मा भएको थियो ।
प्रकाशित मिति: १८:०३ बजे, बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












