पल शाहविरुद्धको मुद्दामा गायिकाले फेरिन् बयान
काठमाडौं, वैशाख ४ : अभिनेता पल शाहमाथि बलात्कारको अभियोग लागेको मुद्दामा पीडित किशोरीले बयान फेरेकी छन् ।नाबालिग पीडित किशोरीले जिल्ला अदातल तनहुँमा बयान...
काठमाडौं, वैशाख ४ : अभिनेता पल शाहमाथि बलात्कारको अभियोग लागेको मुद्दामा पीडित किशोरीले बयान फेरेकी छन् ।
नाबालिग पीडित किशोरीले जिल्ला अदातल तनहुँमा बयान फेरेकी हुन् । उनले आफूमाथि बलात्कार नभएको बताएको बुझिएको छ । नायक शाह पुर्पक्षका लागि थुनामा छन् ।
यसअघि उनले जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपुरमा समेत बयान दिँदा पलले आफूलाई बलात्कार गरेको बयान दिएकी थिइन्।किशोरी पक्षले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ ।
प्रकाशित मिति: १८:२० बजे, आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












