आर्ट काउन्सिलमा कार्टुनिस्ट क्लबको ‘निसाना’
काठमाडौं, वैैशाख ४ : कार्टुनिस्ट क्लब अफ नेपाल (सिसिएन) ले कार्टुन प्रदर्शनी ‘निसाना’ आज (आइतबार) एक औपचारिक कार्यक्रमबीच सुरु गरेको छ। भ्रष्टाचारविरूद्धको थिममा उक्त प्रदर्शनी...
काठमाडौं, वैैशाख ४ : कार्टुनिस्ट क्लब अफ नेपाल (सिसिएन) ले कार्टुन प्रदर्शनी ‘निसाना’ आज (आइतबार) एक औपचारिक कार्यक्रमबीच सुरु गरेको छ।
भ्रष्टाचारविरूद्धको थिममा उक्त प्रदर्शनी गरिएको हो। कार्यक्रममा ३६ कार्टुनिस्टका ५० वटा कार्टुन देख्न सकिनेछ।
ती कार्टुनमार्फत विभिन्न राष्ट्रिय दैनिक पत्रिकादेखि अनेक विधाका कलाकारितामा संलग्न कलाकारहरूले भ्रष्टाचारविरुद्ध आवाज उठाएका छन्।
प्रदर्शनी वैशाख ४ देखि ६ गतेसम्म बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा लाग्नेछ।
स्थानीय चुनावपछि सातै प्रदेशमा पनि प्रदर्शनी आयोजना हुने क्लबका अध्यक्ष वासु क्षितिजले काठमाडौं प्रेसलाई जानकारी दिए।
प्रदर्शनीलाई सेन्टर फर मिडिया रिसर्च नेपालले सहयोग गरेको छ।



प्रकाशित मिति: १६:११ बजे, आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1783580717.jpeg)
