भद्रकुमारी घलेका १ सय ५१ कृति वैशाख १० मा विमोचन हुँदै
काठमाडाैं, वैशाख ३ : वरिष्ठ साहित्यकार भद्रकुमारी घलेद्वारा लिखित विभिन्न विधाका १ सय ५१ पुस्तकहरु वैशाख १० गते विमोचन हुने भएको छ।शनिबार काठमाडौंमा...
काठमाडाैं, वैशाख ३ : वरिष्ठ साहित्यकार भद्रकुमारी घलेद्वारा लिखित विभिन्न विधाका १ सय ५१ पुस्तकहरु वैशाख १० गते विमोचन हुने भएको छ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भद्रकुमारी घले सेवा सदनको वार्षिक साधारणसभाका अवसरमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रमुख आतिथ्यमा पुस्तक विमोचन हुने जानकारी दिइएकाे हाे।
यसअघि विविध विधाका साहित्य, संस्कृति, कला र आफ्नै जीवन भोगाइसँग सम्बन्धित १४१ पुस्तकहरु प्रकाशित गरिसकेकी घलेले एउटै मञ्चबाट ४९ पुस्तकहरुको एकसाथ विमोचन समेत गरिसकेकी छन्।
त्यस्तै वैशाख ३० गते विमोचन हुने १५१ पुस्तकहरुमा निबन्ध, कविता, र भजन सङ्ग्रहहरु रहेको घलेले जानकारी दिए।
नौ दशक उमेर पार गरिसकेकी घलेको १ सय ५१ वटा पुस्तक एकैसाथ विमोचन हुने विषयलाई गिजिन बुक अफ वर्ल्ड रेकर्डमा लैजाने योजना बनाइएको भद्रकुमारी घले सेवा सदनले जनाएको छ।










-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)
