भक्तपुरमा सिन्दूर जात्राको रौनक (तस्बिरहरु)
बिस्का जात्रा अन्तर्गत आज भक्तपुरस्थित ठिमी र नगदेशमा सिन्दुर जात्रा सम्पन्न भएको छ । जात्राको मुख्य रौनक सिन्दूर हो । नेपाल भाषामा ‘भुसिंन्ह’ भनिने सुन्तला रंङ रंङको प्रयोग गरिन्छ ।
काठमाडौं, वैशाख २ : बिस्का जात्रा अन्तर्गत आज भक्तपुरस्थित ठिमी र नगदेशमा सिन्दुर जात्रा सम्पन्न भएको छ । जात्राको मुख्य रौनक सिन्दूर हो । नेपाल भाषामा ‘भुसिंन्ह’ भनिने सुन्तला रंङ रंङको प्रयोग गरिन्छ । नेवार समुदायमा यस रंगको महत्व छुट्टै रहेको छ।
थिमीको बालकुमारी मन्दिर परिसरमा नजिकका अन्य टोलबाट खटसहितको जात्रा निकालिन्छ । जसमा, थिमीको बालकुमारी र नगदेशको सिद्धि गणेशको खट महत्वपूर्ण मानिन्छ।
यस बाहेक, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, बोडेको महालक्ष्मी र ठिगनीको नीलबाराही मन्दिरका नाममा खट जात्रामा देख्न पाइन्छ । खटसँगै चिलाग पनि बाल्ने चलन यस जात्रामा रहेको छ । थिमीकै नजिक रहेको बोडेमा सिन्दूर जात्राकै दिन जिब्रो छेड्ने प्रचलन छ।
प्रकाशित मिति: १६:२७ बजे, शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार