राधा कार्कीको ‘शाश्वत आकृति’ सार्वजनिक
काठमाडाैं, वैशाख २ : कवि राधा कार्कीको ‘शाश्वत आकृति’ कविता सङ्ग्र सार्वजनिक भएको छ।नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा....
काठमाडाैं, वैशाख २ : कवि राधा कार्कीको ‘शाश्वत आकृति’ कविता सङ्ग्र सार्वजनिक भएको छ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायलगायतले बिहीबार सो पुस्तक सार्वजनिक गरे।
कुलपति उप्रेतीले कवि राधा लगनशील स्रष्टा भएको बताए। कुलपति उप्रेतीले राधाका कविताहरू विषयवस्तु, शिल्प र शैलीका हिसाबले सुन्दर भएको उल्लेख बताए।
सदस्य सचिव प्रा. उपाध्यायले जीवन र जगत्का विविधि पक्षलाई विषय बनाएर लेखिएका राधाका कविताहरूले समाजलाई सकारात्मक सन्देश दिने बताए।
राधाका यसअघि लघुकथासङ्ग्रह ‘संवाहक’, बालकथासङ्ग्रह ‘पप्पी र पट्टु’ प्रकाशित छन्। मकालु प्रकाशन गृहबाट प्रकाशित ‘शाश्वत आकृति’मा ५२ कविता समाविष्ट छन्।
प्रकाशित मिति: १५:५३ बजे, शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












