तस्बिरमा रणवीर–आलियाको विवाह
काठमाडौं, वैशाख २ : बलिउडका चर्चित अभिनेता–अभिनेत्री रणवीर कपूर र आलिया भट्टको विवाह सम्पन्न भएको छ।अप्रिल १४ मा उनीहरू दुईजना वैवाहिक गठबन्धनमा बाँधिएका हुन्...
काठमाडौं, वैशाख २ : बलिउडका चर्चित अभिनेता–अभिनेत्री रणवीर कपूर र आलिया भट्टको विवाह सम्पन्न भएको छ।

अप्रिल १४ मा उनीहरू दुईजना वैवाहिक गठबन्धनमा बाँधिएका हुन् । आलियाले आफ्नो बिहीबार आफ्नो इन्स्टाग्रामको अफिसियल पेज मार्फत विवाहको फोटो सहित उक्त जानकारी दिएकी हुन्।

उनीहरू विगत पाँच वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए । आउँदो भारतीय चलचित्र ‘ब्रम्हास्त्रमा’ रणवीर र आलियालाई मुख्य भूमिकामा देख्न सकिन्छ । यसअघि करण जोहर र अयान मुखर्जीले ब्रह्मास्त्रको गीत ‘केसरिया’ को टिजर रिलिज गर्दै यी दुई अभिनेताहरूले यस हप्ता विवाह गर्ने जानकारी दिएको थियो।

रणवीर र आलियाको मेहेन्दी समारोह अप्रिल १३ मा भएको हो भने विवाह अप्रिल १४मा सम्पन्न भएको भारतिय सञ्चार माध्यमले जनाएको छ।



प्रकाशित मिति: १२:३६ बजे, शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












